Rule 9
पुनरावेदनपत्र दर्ता
(१) यस नियमावली बमोजिम रीत पुगेको पुनरावेदनपत्र अदालतले दर्ता गरी दिनु पर्नेछ । म्याद नाघेको वा अरु रीत नपुगेको देखिएमा दरपीठ गरी पुनरावेदन पत्र फिर्ता गरी दिनु पर्नेछ । तर रीत नपुगी दरपीठ गरी फिर्ता गरिएकोमा सो मितिले सात दिन भित्र रीत पु¥याई
ल्याएमा पुनरावेदन दर्ता गरी दिनु पर्नेछ ।
(२) यस नियमावली बमोजिम जुन अधिकारीको आदेश उपर पुनरावेदन दिने हो सोही अधिकारी वा निकाय मार्फत पनि पुनरावेदन गर्न सकिनेछ । त्यस्तो पुनरावेदन सो अधिकारीले सम्बन्धित मिसिल सहित सात दिन भित्र अदालतमा पठाईदिनु पर्नेछ ।